गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडाैं | भदौ २३, २०८२
काठमाडौं: गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्।
उनले सोमबार जेन–जी आन्दोलनमा भएको दमनको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्।
स्रोतका अनुसार उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन्।
आन्दोलनमा सरकारले व्यापक दमन गर्दा ठूलो मानवीय क्षति भएको छ। प्रहरीले चलाएको गोली लागेर काठमाडौँमा १७ र इटहरीमा दुई जना गरी १९ जनाले ज्यान गुमाएका छन्।
प्रहरी दमनबाट ३०० जनाभन्दा बढी घाइते भएका छन्।
गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन । नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

